नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान

kp oli

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन बिहीबार भारत प्रस्थान गर्नु भएको हो ।

उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गर्नु भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाले सलामी पनि अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सपथ ग्रहण समारोहमा सहभागी हुन नियन्त्रणा गर्नु भएको थियो । प्रधानमन्त्री ओली आजै साँझ हुने मोदीको सपथग्रहण समारोहमा सहभागी हुने र भोली स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री शुशिल कोइराला सहभागी हुनु भएको थियो । भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओेलीसहित विमस्टेक राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुनुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);