प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

kp oli

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भई स्वदेश फर्कनु भएको छ । उहाँ बिहीबार मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । त्यस अवसर प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु अघि शुक्रबार विहान हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता पनि गर्नु भएको थियो । मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);