निर्देशन पालना नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्ने मन्त्री महासेठको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निर्देशन पालना नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्ने मन्त्री महासेठको चेतावनी

raghubir mahaseth

काठमाडौं, १७ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको निर्देशन पालना नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्ने चेतावनी दिनु भएको छ ।

शुक्रवार संसदको बिकास तथा प्रबिधि समितिको बैठकमा मन्त्री महासेठले काममा ढिलाई गर्ने निर्माण व्यवसायीहरुको ठेक्का सम्झौंता खारेज गर्ने प्रक्रियालाई अघि बढाइको पनि जानकारी दिनु भयो । उहाँले काममा ढिलाई गर्ने निर्माण व्यवसायीहरुलाई सचेत गराउन ७ दिने र १५ दिने सूचना जारी गरिएको पनि उल्लेख गर्नुभयो ।

मन्त्री महासेठले राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माण कार्य ४ वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मध्य पहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्गको निर्माण कार्य ४ वर्ष भित्र सम्पन्न हुने गरी अघि बढाइएको मन्त्री महासेठको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);