सडक विभागले काम कारबाही इमान्दार ढंगले नगरे कारवाही गर्ने यातायातमन्त्री महासेठको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सडक विभागले काम कारबाही इमान्दार ढंगले नगरे कारवाही गर्ने यातायातमन्त्री महासेठको चेतावनी

raghubir mahaseth

काठमाडौं, १५ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतवार रोड बोर्ड नेपालले आयोजना गरेको एक कार्यक्रममा मन्त्री महासेठले इमान्दार ढंगले काम नगर्ने सडक विभाग लगायतका सम्बन्धित संस्थामाथि कार्वाही गर्ने चेतावनी दिए । उनले सडक विभागकै कारण काठमाडौंको रोडमा जनताको अपेक्षा अनुसार सुधार आउन नसकेको उल्लेख गरे । स्रोत र साधनको दुरुपयोग नभएको भए काठमाडौंको सडक व्यवस्थित भईसकेको हुने मन्त्री महासेठको भनाई छ ।

मन्त्री महासेठले संवैधानिक व्यवस्था अनुकूल हुने गरी सडक ऐन संशोधनको कामलाई अघि बढाइएको पनि जानकारी दिए । उनले सडकको कामलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहमा पनि रोड बोर्ड, नेपालको कार्यालय स्थापना गर्ने तयारी भईरहेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);