मन्त्री महासेठको वचन आश्वासनमै सिमित | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

मन्त्री महासेठको वचन आश्वासनमै सिमित

kalanki-nagdhunga

काठमाडौं, १६ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भदौ दोश्रो हप्ता सम्ममा कलंकी नागढुंगा सडक खण्डमा कालोपत्रे बनाइसक्ने भनेर दिएको आश्वासन निरर्थक भएको छ । गत साउनमा सडकको निरीक्षण गर्दै सडक मर्मत गर्ने प्रतिबद्धता जनाएका मन्त्रीको वचन आश्वासनमै सिमित भएको छ ।

राजधानी प्रवेश गर्ने र राजधानी बाहिरका जिल्ला जाने मुख्य राजमार्ग कलंकी नागढुुंगा सडक खण्ड चार वर्षदेखि बिग्रदा स्थानीयवासी लगायत दैनिक आवतजावत गर्ने सबैले हैरानी ब्यहोर्नुु परेको छ ।

घाम लाग्दा धुलोको मुस्लो र पानी पर्दा हिलाम्मे हुने यो सडकको अवस्थाले सबैजना आजित भएका छन् । साउनमा सडकको अवस्था अवलोकन गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडक भदौ दोश्रो हप्ता बनाइसक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आश्वासन दिएर फर्किएपछि उनले आफ्नो वचनबद्धता पूर्णरुपमा बिर्सिसकेका छन् । अहिले पनि सडकको अवस्था जस्ताको तस्तै छ । अहिले मन्त्रीको त्यो अनिश्चिित बोलीबाट निराश स्थानीयहरु मन्त्रीले आफ्नो प्रतिवद्धता पुरा गर्नुपर्ने बताउन थालेका छन् ।

मन्त्री महासेठले भदौ १२ गतेसम्म सडक कालोपत्रे गरिसक्न निर्देशन दिएर नसके कारवाही गर्ने समेत चेतावनी दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);