बलात्कारविरुद्ध काठमाडौंमा नाटक तथा कार्टुन चित्र प्रदर्शनी | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

बलात्कारविरुद्ध काठमाडौंमा नाटक तथा कार्टुन चित्र प्रदर्शनी

rape drama

फूलमाया आले
काठमाडौ, १६ भदौ
। दिनप्रतिदिन बढेका बलात्कारका घटनाले महिलाहरु असुरक्षित भावना विकास हुन थालेको छ । नागरिकले असुक्षित महसुस गर्दासम्म पनि सरकारले बलात्कारपछिको हत्याका दोषी पत्तालगाउन र कारवाहीको दायरामा ल्याउन नसक्दा नागरिकमा आक्रोस समेत देखिएको छ । त्यही आक्रोस र सरकारी ढिलासुस्तिलाई प्रतिनिधित्व गर्नेगरी शनिबार काठमाडौंमा नाटक तथा कार्टुन चित्र प्रदर्शनी गरिएको छ ।

गत साउन १० गते घरबाट साथीलाई भेट्न हिँडेकी कञ्चनपुरकी निर्मला पन्त भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेकी थिइन । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको त खुल्यो तर, तर घटना भएको एक महिना बितिसक्दा पनि प्रहरीले हत्यारा भने पत्ता लगाउन सकेको छैन । त्यसका विरुद्ध शनिबार काठमाडौंमा रचनात्मक विरोध प्रदर्शन भएको थियो । जहाँ बलात्कारीलाई कारबाही, समाज, सरकार र प्रशासनले के भन्छ भन्ने विषयमा निकै मार्मिक प्लेकार्ड समेत राखिएको थियो ।

rape art

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारलाई कारबाहीको माग राख्दै विभिन्न समुहहरुले प्रदर्शन गर्दै आइरहेकाछन् । शिल्पी थिएटरले दिनप्रतिदिन बलात्कारका घटना बढ्दै गइरहेकोले महिलाहरु असुरक्षित महसुस गरिएको विषयमा शनिबार बसन्तपुरमा व्यङ्ग्यात्मक रुपमा नाटक प्रस्तुत ग¥यो । जुन नाटकले धेरैलाई सोच्न बाध्य पारेको थियो ।

देशमा बढ्दै गएका बलात्कारका घट्ना रोक्न अहिले कानुनले तोकेको सजाय अपर्याप्त भएको भन्दै बलात्कारमासंलग्नलाई आजीवन काराबासको सजाय हुनुपर्ने सर्वसाधारणको माग छ ।

अधिकारकर्मीहरु दिनप्रतिदिन घट्ने बलात्कारका घटना अनि हरेक महिलाले असुरक्षित हसुस गर्ने अवस्थाको अन्त्यका लागि सरकारको ध्यान आकर्षण गराउन विभिन्न प्रदर्शन र सांकेतिक रुपमा नाटक प्रस्तुत गरिएको बताउँछन् ।

rape art1

पछिल्लो सयम बलात्कारका घटना सरुवारोग फैलिएझै बाहिर आउन थालेका छन् । यसरी दिनानुदिन आइरहेको घटनामा दोषी पत्तालगाउन समेत महिनौं लाग्नुले नागरिकले सरकारले छ र उसले सुरक्षा दिन्छ भन्ने विश्वास गुमाइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);