काठमाडाैंमा नेपाल र चिनीयाँ कलाकारको मैत्रीकला प्रदर्शनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडाैंमा नेपाल र चिनीयाँ कलाकारको मैत्रीकला प्रदर्शनी

काठमाडाैं, १० पुस । काठमाडाैंमा नेपाल र चिनीयाँ कलाकारको मैत्रीकला प्रदर्शनी सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा विहिबार देखि सुरु भएको प्रदर्शनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्य र चीनका प्रख्यात कलाकार झेन झोन्गीका चित्रकला र मूर्तिकलाहरु राखिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले नेपाल–चीन दाैत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गरेको हो । प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । क्यानभासमा गणेशको चित्र कोरेर उपराष्ट्रपति पुनले मैत्रीकला प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।

औपचारिक उद्घाटनपछि उपराष्ट्रपति पुनले चित्रकला प्रदर्शनीको अवलोकन पनि गर्नुभएको थियो । प्रदर्शनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्यका २४ वटा गणेशको चित्रको साथै १० वटा नेपाली मुर्ति र चिनीयाँ कलाकार झेन झोन्गी का ३० वटा श्यामश्वेल चित्र प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीले दुई देशबीच प्राचीन कालदेखि कायम धार्मिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पु-याउनुका साथै चीन र नेपालबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ कलाकार झेन झोन्गीले दुवै देश पुरानो सभ्यता र संस्कृतिको धनी भएकाले दुवैको सम्पदाको प्रयोग र कला तथा सिप आदान प्रदानमा प्रदर्शनीले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

हपेई एकेडेमी अफ फाईन आर्टसका डिन समेत रहेका चित्रकार झोन्गीले नेपालमा आयोजित कला प्रदर्शनीमा सहभागी हुन पाउँदा आफु अत्यन्तै खुसी भएको बताउनुभयो ।

शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएका चिनीयाँ कलाकार झोन्गीले विश्वका विभिन्न स्थानमा कला प्रदर्शनी गरिसक्नुभएको छ । कार्यक्रममा क्रोधकला शिरोमणी वरिष्ठ मूर्तिकार कालु कुमाले, वरिष्ठ समाजसेवी अम्बिका श्रेष्ठ, चिनियाँ कलाकार झेन झोन्गी, वरिष्ठ चिनियाँ पत्रकार सु हाओ, लगायतलाई सम्मान गरिएको थियो । प्रदर्शनी ५ दिन सम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);