काठमाडौंमा चित्रकला प्रदर्शनी सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

काठमाडौंमा चित्रकला प्रदर्शनी सुरु

काठमाडौं । कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी सुरु भएको छ । इ आर्ट्स नेपालको आयोजनामा सोमबारदेखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी सुरु भएको हो । कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई ऊर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताईन् ।

उनले कोरोनाका कारण चित्रकारहरुको कला घरमै मात्र सीमित रहेको भन्दै त्यसलाई थप ऊर्जावान बनाएर गति प्रदान गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने आशासहित चित्रकला प्रदर्शनी गरिएको बताईन् ।

प्रदर्शनीमा व्यवसायिक चित्रकार प्रमिला बज्राचार्यले कोरोना केही सामान्य भएको अवस्थामा नेपाली चित्रकारहरुलाई केही सहज होस् भनेर यो प्रदर्शनी गरेको जानकारी दिईन् । प्रदर्शनीमा ६० भन्दा धेरै व्यावसायिक चित्रकारहरु उपस्थित रहेको पनि उनले बताईन् ।

चित्रकला प्रदर्शनीमा सहभागी चित्रकार सञ्जु श्रेष्ठले अनलाइनबाट प्रदर्शनी गर्नुपर्ने बाध्यतालाई चिर्दै भौतिक उपस्थितीमै चित्रकला प्रदर्शनी गर्न पाउँदा खुशी महशुस गरेको बताईन् । उनले यसरी भौतिक उपस्थितीमै गरिने प्रदर्शनीले चित्रकारहरुमा शक्ति, जोश र जाँगर आउने बताईन् ।

हरेक वर्षको दशैँअघि गरिँदै आएको चित्रकला प्रदर्शनीमा कोरोना भाइरसको डरले यसवर्ष धेरै जना ठूला चित्रकारहरुलाई समेट्न नपाइएको श्रेष्ठको भनाई छ । सोमबार भाद्र १४ गतेबाट शुरु भएको चित्रकला प्रदर्शनी भाद्र २० गते आईतबारसम्म चल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);