जलवायु परिवर्तनका कारण सिमान्तकृत समुदायमा परेको प्रभाव उजागर गर्न चित्रकला प्रदर्शनी | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

जलवायु परिवर्तनका कारण सिमान्तकृत समुदायमा परेको प्रभाव उजागर गर्न चित्रकला प्रदर्शनी

काठमाडौं ।

जलवायु परिवर्तनका कारण सिमान्तकृत समुदाय, विशेषतः अपाङ्गता भएका व्यक्तिहरूमा परेको प्रभावलाई उजागर गर्ने उद्देश्यले राजधानीमा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महासंघको आयोजनामा पाटन दरबार क्षेत्रमा उक्त प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा अपाङ्गता भएका तथा नभएका कलाकारहरूले जलवायु परिवर्तनका कारण आफ्नो जीवनमा परेका असरलाई चित्रमार्फत गरेका छन् । महासंघकी अध्यक्ष प्रतिमा गुरुङले २०७२ सालको भूकम्पपछि जलवायु परिवर्तनले सिमान्तकृत समुदायका महिला, बालबालिका र ज्येष्ठ नागरिकमा पारेको प्रभावबारे चित्रकलामार्फत उजागर गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनु भयो ।

उहाँकाअनुसार प्रदर्शनीमा सहभागी १६ जना कलाकारहरुको सहभागिता रहेको छ । उनीहरूले अत्यधिक वर्षा, चर्को गर्मी जस्ता जलवायुजन्य जोखिमले दैनिक जीवनमा पारेको असरलाई सिर्जनात्मक ढंगले चित्रण गरेको गुरुङले जानकारी दिनुभयो । प्रदर्शनीले जलवायु परिवर्तन र अपाङ्गता बीचको सम्बन्धबारे सार्वजनिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार