जलवायु परिवर्तन सम्बन्धि राष्ट्रसंघीय सम्मेलन पोल्यान्डमा सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जलवायु परिवर्तन सम्बन्धि राष्ट्रसंघीय सम्मेलन पोल्यान्डमा सुरु

एजेन्सी, १७ मंसिर । विश्वका करिब दुई सय देशका प्रतिनिधि सहित जलवायु परिवर्तन सम्बन्धि राष्ट्रसंघीय सम्मेलन पोल्यान्डमा सुरु भएको छ ।

भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण भइरहेको अवस्थामा जलवायु परिवर्तनको असर बारे छलफल थालिएको हो । विभिन्न देशका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्वका प्रभावशाली नेताहरूलाई आग्रह गरेका छन् ।

जलवायु परिवर्तनबाट श्रृजना भएका समस्याबारे केन्द्रीत कोप–ट्वेन्टी फोर शिखर सम्मेलनले विश्वका नेताहरूले सन् २०१५ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौतालाई कार्यान्वयनमा लान पहल गर्ने अपेक्षा गरिएको छ ।

पेरिस सम्झौतामा जलवायु परिवर्तनका कारण विश्व तापमान बृद्धिमा देखिएको समस्यालाई रोक्न एक भएर लाग्ने सन्देश प्रवाह गरेको थियो । जलवायु परिवर्तनका कारण वातावरणमा देखिएको तापमान वृद्धिका कारण विनाशकारी डढेलो, उष्णवायु, आँधी, तूफान साथै सामुद्रिक सतहको वृद्धिजस्ता समस्या विकराल रूपमा देखिएका छन् । जसको असर नेपाल जस्तो हिमालय र अति कम विकसित देशहरुमा बढि मात्रामा परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);