पेरिस सम्झौताबाट बाहिरिने अमेरिकाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

पेरिस सम्झौताबाट बाहिरिने अमेरिकाको घोषणा

us paris agreement

एजेन्सी, १९ कात्तिक । अमेरिकाले जलवायु परिवर्तन विरुद्ध एकजुटहुन विश्वका १ सय ८८ मुलुकबीच भएको पेरिस सम्झौताबाट बाहिरिने प्रक्रिया थालेको छ । अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै पेरिस सम्झौताबाट बाहिरिने जानकारी गराएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सम्झौताबाट अनावश्यक आर्थिक भार पर्ने भन्दै अमेरिकाले पेरिस सहमतिबाट बाहिरिन चाहेको जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो योजनाबारे राष्ट्रसंघलाई जानकारी गराएको बताए ।

पेरिस सम्झौता अनुसार विश्वका धनी मुलुकहरुले इन्धन उत्पादन र प्रयोगमा व्यापक कटौती गर्नु पर्ने भएकोले अमेरिका यसबाट बाहिरिने भएको हो । पेरिस सम्झौता मार्फत विश्वका एक सय ८८ राष्ट्रले जलवायु परिवर्तनका मुद्धामा एक भएर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

सन् २ हजार १६ मा भएको पेरिस सम्झौताले अमेरिका र अन्य १ सय ८७ देशलाई बढ्दो विश्वव्यापी तापमान नियन्त्रणका लागि एकजुट बनाएको थियो । फ्रान्स, जापान लगायतका मुलुकहरुले अमेरिकी निर्णय दुखद भएको प्रतिक्रिया दिएका छन् ।

संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै जानकारी गराएपछि अमेरिका पेरिस सम्झौताबाट बाहिरने प्रक्रिया सुरुभएको छ । यो प्रक्रिया सम्पन्न हुन एक बर्ष लाग्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);