नयाँ युरेनियम सम्वद्र्धन र भण्डारण कार्यक्रम पुनः सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

नयाँ युरेनियम सम्वद्र्धन र भण्डारण कार्यक्रम पुनः सुरु

URENIYAM

एजेन्सी, २० कात्तिक । इरानले नयाँ युरेनियम सम्वद्र्धन र भण्डारण कार्यक्रम पुनः सुरु गरेको जनाएको छ । गत वर्ष संयुक्त राज्य अमेरिका आणविक सम्झौताबाट पछि हटेपछि इरानले आफ्नो फोर्ड सुविधा केन्द्रमा युरेनियम सम्वद्र्धन र भण्डारण कार्यक्रम पुनः अघि सारेको जनाएको हो ।

इरानका राष्ट्रपति हसन रुहानीले युरेनियम ग्यास प्लान्टमा रहेका मेसिनहरु पुनः सुचारु गरिएको जानकारी दिए। यो कदमसँगै आफूहलाई युरोपियन शक्तिहरुले सम्मान गर्ने इरानको विश्वास छ । तर अन्य देशहरुले इरानको कदमको विरोध गरेका छन् । उनीहरुले भियना सम्झौता विपरीत इरानले युरेनियम सम्वद्र्धन कार्यक्रम अघि सारेको आरोप लगाएका छन् ।

यसले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने उनीहरुले आरोप लगाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सन् २०१५ मा इरान, अमेरिका, बेलायत, फ्रान्स, जर्मन, चीन र रसियाले आणविक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);