इरानकाे नतान्जस्थित आणविक प्रशोधन केन्द्रकाे भवनमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

इरानकाे नतान्जस्थित आणविक प्रशोधन केन्द्रकाे भवनमा आगलागी

एजेन्सी, २२ असार । इरानले आफ्नो एउटा प्रमुख आणविक केन्द्रको एक भवनमा आगलागी भएको पुष्टि गरेको छ । इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ता बेहरूज कमाल्भन्दीले मध्य इरानको नतान्जस्थित आणविक प्रशोधन केन्द्रको एउटा भवनमा गत बिहीबार आगलागी भएको सोमबार पुष्टि गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै प्रवक्ता कमाल्भन्दीले यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाइ हुन सक्ने बताउनुभएको छ । उक्त घटना निकै भयानक रहे पनि कोही पनि घाइते नभएको र रेडियोधर्मी विकिरण नचुहिएको प्रवक्ता कमाल्भन्दीको दाबी छ ।

इरानका सुरक्षा अधिकारीहरुले उक्त घटनालाई दुर्घटनाका रुपमा व्याख्या गरेका छन् । आगलागि हुनुको मुख्य कारण बारे केही बताइएको छैन । नन्ताज इरानको मुख्य आणविक प्रशोधन केन्द्र रहेको स्थान हो ।

तेहरानले गत वर्ष मे महिनामा आणविक ऊर्जा कार्यक्रमसँग जोडिएका केही कार्यक्रम पुनः शुरु गरेको थियो । इरानले गत वर्ष सेप्टेम्बरमा युरेनियम प्रशोधन पुनः शुरु गरेको थियो । तेहरानले यो कार्यक्रम ऊर्जासँग सम्बन्धित रहेको र यसलाई सैनिक प्रयोजनमा उपयोग नगरिने बताउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);