प्रिमियर लिग फुटबलमा चेल्सीकाे सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रिमियर लिग फुटबलमा चेल्सीकाे सहज जित

एजेन्सी,२१ असार । प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डबिरुद्ध सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले वाटफोर्डलाई ३–० ले पराजित गरेको हो ।

चेल्सीको जितमा ओलिभर जिराउड, विलियन र रोस बार्कलीले गोल गरे ।चेल्सीका जिराउडले २८ औं मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाए ।

पहिलो हाफको अन्तिम समयमा पेनाल्टी मार्फत विलियनले दोस्रो गोल गरे । त्यस्तै दोस्रो हाफको ईन्जुरी समयमा बार्कलीले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए । जितसंगै चेल्सीले च्याम्पियन्स लिग छनोटको यात्रालाई सहज बनाएको छ ।

चेल्सी ५७ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । वाटफोर्ड २८ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);