इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग ३–० गोल अन्तरले बर्नली पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग ३–० गोल अन्तरले बर्नली पराजित

एजेन्सी, १६ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।

शनिबार राति बर्नलीको मैदानमा भएको खेलमा चेल्सीले बर्नलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन हाकिम जियाच, कुर्ट जुमा र टिमो वेर्नेरले एक एक गोल गरे । खेलको २७ औं मिनेटमा जियाचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

६३ औं मिनेटमा जुमाले गोल गर्दै चेल्सीको अग्रता २–० को बनाए । त्यसपछि खेलको ७० औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए । जितसँगै चेल्सीले ७ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बर्नली १ अंकका साथ तालिकाको अन्तिममा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);