प्रिमियर लिगमा चेल्सीसँग एभर्टन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रिमियर लिगमा चेल्सीसँग एभर्टन पराजित

एजेन्सी, २५ फागुन । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले एक गोल गरे भने एक गोल चेल्सीले आत्मघाती उपहार पायो । खेलको ३१ औं मिनेटमा बेन गडफ्रीको आत्मघाती गोलबाट चेल्सीले अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ६७ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–० को सहज जित दिलाए । एभर्टनका गोलकिपर पिक्फोर्डले काइ हाभर्ट्जलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो ।

जितसँगै २८ खेलमा ५० अंक जोड्दै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ भने एभर्टन ४६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);