Our Network

वैशाख २४ २०७८, शुक्रबार

बी डिभिजन लिग फुटबलमा सातदोबाटोको अपराजित यात्रा टुंगियो

काठमाडौं, २४ फागुन । ए डिभिजनमा बढुवा हुने पक्का गरिसकेको सातदोबाटोको बी डिभिजन लिगको अपराजित यात्रा टुंगिएको छ । दुई खेल अगाडी नै शिर्ष डिभिजनमा उक्लिने पक्का भएको सातदोबाटो सोमबार मध्यपुर युथ एसोसियसनसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

सातदोबाटो स्थित एन्फा मैदानमा मध्यपुरको जितमा सन्नी लामा र कैलाश लामिछानेले एक एक गोल गरे भने सातदोबाटोका लागि एकमात्र गोल माल्डिना आङथुपुले गरे । लगातार नौ खेलसम्म अपराजित रहेको सातदोबाटो हारपछि पनि १० खेलमा २५ अंकका साथ शिर्ष स्थानमा छ ।

Leave a Reply