’बी’ डिभिजन लिग : बाँसबारीमाथि खुमलटारको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

’बी’ डिभिजन लिग : बाँसबारीमाथि खुमलटारको सहज जित

काठमाडौं, २६ फागुन । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम लिग खेलमा खुमलटार युथक्लबले सहज जित निकालेको छ । बुधबार भएको खेलमा खुमलटारले बाँसबारी क्लबलाई ४–० गोल अन्तरले पराजित गरी सफलता हात पारेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक-एक गोल गरे ।बाँसबारीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा आदीलको गोलबाट खुमलटारले १३ औं मिनेटमा अग्रता बनाएको थियो ।

खेलको ४१ औं मिनेटमा प्रसान्तले गोल गरे। पहिलो हाफमा खुमलटार २–० ले अघिल्लो स्थानमा रह्यो । खेलको ४८ औं मिनेटमा आयुषले गोल गरेपछि खुमलटारले ३–० को अग्रता बनायो । खेलको ७७औं मिनेटमा महेशले गोल गर्दै खुमलटारलाई ४–० को जित दिलाए ।

खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको हो । एक खेल बाँकी रहेको सातदोबाटोको २५ अंक रह्यो ।

सातदोबाटोले लिगको उपाधि यस अघि नै जितिसकेको छ । उपाधिसँगै सातदोबाटो ’ए’ डिभिजनमा उक्लिएको छ । बाँसबारीले ११ खेलमा २१ अंकजोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);