नेपाल पुलिस क्लब मेयर्स कप क्रिकेटको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

नेपाल पुलिस क्लब मेयर्स कप क्रिकेटको फाइनलमा

काठमाडौं, २६ फागुन । नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको अन्तिम लिग खेलमा काठमाडौं मेयर–११ लाई १ सय ३ रनको फराकिलो अन्तरले पराजित गरेर पुलिस फाइनलमा पुगेको हो ।

किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा १ सय ९८ रनको लक्ष्य पच्छ्याएको काठमाडौं ३१ दशमलव २ ओभरमा ९४ रनमा समेटिएपछि पुलिसको फाइनल स्थान सुरक्षित भएको हो ।

काठमाडौंका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ र कृष्ण कार्कीले १९ रन बनाए । काठमाडौंलाई सस्तैमा समेट्न पुलिसका पवन सर्राफले ४, दिपेन्द्र सिंह ऐरीले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो । काठमाडौंका लागि कप्तान सन्दीप लामिछाने, हरिशंकर साह र विपिन खत्रीले ३÷३ विकेट लिए । प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);