त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौँ, १५ माघ । त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।किर्तिपुर स्थित क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो ।

आर्मीले दिएको २ सय ३० रनको लक्ष्य पच्छ्याएको बागमती ४० दशमलव २ ओभरमा १ सय ३५ रनमा समेटियो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन जोडे । बागमतीलाई १ सय ३५ रनमा समेट्न आर्मीका जितेन्द्र मुखियाले ४ तथा सुशन भारी र बिक्रम शोबले ३ –३ विकेट लिए ।

यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामीले ६५ , भिम सार्कीले ४० र बिक्रम सोबले ३५ रन बनाए । बागमतीका गौतम केसीले ५ विकेट लिए । फाइनलमा अब आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

एपीएफ नेपाल पुलिस क्लबलाई हराएर फाइनल पुगेको हो । फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टिम तथा प्लेयर अफ दि सिरिजले ५०–५० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार पाउने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);