प्रिमियर लिग फुटबलमा शेफिल्ड युनाइटेडको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रिमियर लिग फुटबलमा शेफिल्ड युनाइटेडको जित

एजेन्सी, १५ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा शेफिल्ड युनाइटेडले जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा शेफिल्ड युनाइटेडले शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

शेफिल्डका लागि २३ औँ मिनेटमा किन ब्रायन तथा ७४ औँ मिनेटमा ओलिभर बर्कले गोल गरेका हुन् । म्यानचेस्टर युनाइटेडका लागि भने ६४ औँ मिनेटमा ह्यारी मागुइरीले एक गोल फर्काए । हारपछि पनि दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २० खेलबाट ४० अंक भएको छ ।

पुछारमा रहेको शेफिल्डको २० खेलबाट ८ अंक भएको छ । बुधबार राति नै भएको खेलमा तेस्रो स्थानको लेस्टर सिटी र एभर्टनबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको छ भने बर्नलीले एस्टन भिल्लालाई ३–२ गोल अन्तरले पराजित गर्दा चेल्सी र वुल्भ्स तथा ब्राइटन र फुलह्याम गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);