प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको जित | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी, १८ पुष । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि २–१ को जित दर्ता गरेको हो ।

युनाइटेडको जितमा एन्थोनी मार्शलले ४० औँ मिनेटमा र ब्रुनो फेर्नान्डेसले ६१ औ मिनेटमा पाएको पेनाल्टीमा मार्फत गोल गरे । एस्टन भिल्लाका लागि ५८ औँ मिनेटमा बेर्ट्रान्ड ट्राओरीले एक गोल फर्काए ।

जितसँगै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको पनि समान खेलबाट समान १६ अंक नै भएको छ । त्यस्तै शुक्रबार राति नै भएको अर्को खेलमा वेष्ट ह्याम युनाइेटडले एभर्टनमाथि १–० को जित दर्ता गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);