इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको जित

burnley vs united

एजेन्सी, १३ पुस । इंग्लिस प्रिमियर लिग फुटवलमा म्यानचेस्टर युनाइटेडले वर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको छ । शनिबार राति वर्नलीकोे घरेलु मैदानमा भएको खेलमा युनाइेटडको जितमा एन्टोइन मार्टियल र मार्कुस र्यासफोर्डले एक एक गोल गरे ।

प्रिमियर लिगमा लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा युनाइटेडले खेलको ४४ औं मिनेटमा पहिलो गोल गरेको थियो । उसका लागि मार्टियलले गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलले अगाडी रहेको युनाइटेडले ९० औं मिनेटमा दोस्रो गोल गर्यो । यसपटक उसका लागि रासफोर्डले गोल गर्न सफल भए । यो जितले युनाइटेडले शिर्ष चारको होडमा अगाडी बढेको छ । २० खेलमा युनाइटेडको ३१ अंक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);