म्यानचेस्टर युनाइटेडको शानदार जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साउन ३०, काठमाडौँ ।

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन अन्र्तगत आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ ।

 

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामलाई ४–० ले पाखा लगाउँदै विजयी सुरुवात गरेको हो । घरेलु मैदानमा भएको खेलमा यहि सिजन एभर्टनबाट म्यानयु आएका रामेलु लुकाकुले दुई तथा एन्थोनी मार्शल र पउल पोग्बाले एक÷एक गोल गरे ।

 

३३ औं मिनेटमा लुकाकुले व्यक्तिगत पहिलो गोल गरेपछि पहिलो हाफमा युनाइटेडले १–० को अग्रता लियो । दोस्रो हाफमा युनाइटेडले थप तीन गोल ग¥यो । ५७ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ८७ औं मिनेटमा मार्शल तथा ९० औं मिनेटमा पोग्बाले गोल गरेपछि युनाइटेड ४–० ले विजयी भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);