१९ बर्षमुनिको एसिया कप क्रिकेट टोली छनोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साउन ३०, काठमाडौँ ।

१९ बर्षमुनिको एसिया कप क्रिकेट छनोट खेलका लागि नेपालको प्रारम्भीक टोली घोषणा भएको छ ।

 

मुख्य प्रशिक्षक जगत टमाटा र प्रशिक्षक विनोद दासले २८ सदस्यीय टोलीको नाम सार्वजनिक गर्नुभएको हो । टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्र सिंह ऐरी, सन्दिप सुनार, ललित राजवंशी, प्रकाश केसी, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर छन् ।

 

यस्तै शाहब आलम, अदिल खान, आसिफ शेख, विक्रमकुमार भुसाल, सन्दिप जोरा, रासिद खान, सुसान्त सिंह थापा, नारद यादव, कमल सिंह ऐरी पनि टोलीमा छन् । सुुमित महर्जन, जितेन्द्र सिंह ठकुरी, मिनास थापा, अंकित सुवेदी, हरि चौहान, अभिनास कर्ण, भिम सार्की र रविन्द्र जंग शाही पनि प्रारम्भीक टोलीमा परेका छन् । टोलीको बन्द प्रशिक्षक अगष्ट १८ बाट सुरु हुनेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);