यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

काठमाडौं, ११ भदौ । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा भएको छ। सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित गरी नेपाली टोलीको छनौट गरेका हुन्। घोषित टोलीमा अघिल्लो महिना सम्पन्न एसीसी यू-१९ विश्वकप छनौट खेलेका अघिकांश खेलाडी समावेश छन्।

 

यसअघि सन्दीप लामिछानेले कप्तानी निभाएको टोलीमा अहिले दीपेन्द्र सिंह ऐरीले जिम्बेवारी पाएका हुन्। घोषित टोलीका अन्य सदस्यहरुमा सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहित कुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, बिक्रमकुमार भुसाल, सन्दिप जोरा र सुमित महर्जन छन्।

 

त्यस्तै चार अतिरिक्त खेलाडीमा कमलसिंह ऐरी, ललित राजवंशी, प्रकाश केसी र रिजन ढकाल परेका छन्। प्रतियोगिताका लागि नेपाली टोली आगामी भदौ २३ गते मलेसिया प्रस्थान गर्नेछ। समूह ए मा परेको नेपालको समुहमा सिंगापुर, थाइल्याण्ड, भुटान रहेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);