यु-१९ क्रिकेट: नेपाली टोली आज मलेसिया प्रस्थान गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, २३ भदौ । एसीसी यूथ नाईन्टिन क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको प्रतियोगिता खेल्न नेपाली किशोरको टोली आज मलेसिया प्रस्थान गर्दैछ ।

 

टोलीमा १४ खेलाडी सहभागी छन् । १९ वर्ष मुनिको नेपाली राष्ट्रिय टोलीको कप्तानको जिम्मा यसपटक दिपेन्द्र सिंह ऐरीलाई दिइएको छ । टोलीमा सन्दिप जोरा, नन्दन यादव, सुमित महर्जन र विक्रमकुमार भुषालले पहिलो पटक स्थान बनाएका छन् । प्रतियोगितामा नेपाल रहेको समूह एमा सिंगापुर, थाइल्याण्ड र भुटान छन् । समूह बीमा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार छन् ।

 

फाइनलमा पुग्ने दुई टोली एसीसी यूथ नाईन्टिन एसिया कप क्रिकेटमा छनौट हुनेछन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);