टी–ट्वान्टी विश्वकप छनौट अन्तरगत एशिया सवक्षेत्रीय प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

टी–ट्वान्टी विश्वकप छनौट अन्तरगत एशिया सवक्षेत्रीय प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

cricket team

काठमाडौं, १५ असोज । टी ट्वान्टी विश्वकप छनौट अन्तर्गत एशिया सर्वक्षेत्रीय प्रतियोगिताका लागि नेपाली टिम आज मलेसिया प्रस्थान गरेको छ ।

पारस खड्काको कप्तानीमा रहेको १४ सदसीय नेपाली टोली अपराह्न १ बजे मलेसिया प्रस्थान गरेको हो । प्रतियोगितामा नेपालसँगै मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्ड रहेका छन । नेपालले पहिलो खेलमा म्यानमारसंग बिहिबार खेल्नेछ भने दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा प्रतिस्पर्धा गर्नेछ । नेपालको तेस्रो प्रतिद्वन्दी थाइल्याण्ड रहेको छ ।

नेपाली टोलीमा प्रदिप ऐरीले पुनरागमन गरेका छन् । चोटका कारण प्रदीप सन् २०१५ पछि पहिलोपटक टिममा परेका हुन् । प्रतियोगिताबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटमा युएइ कतारले स्थान बनाइसकेका छन । एसिया छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन । अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);