नेपाली क्रिकेट टिम मलेसियाबाट सिंगापुर प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेपाली क्रिकेट टिम मलेसियाबाट सिंगापुर प्रस्थान

नेपालले पहिलो खेल आगामी मंगलवार कतारसंग खेल्ने –

काठमाडौं, ४ साउन । अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपका लागि एसिया फाइनल छनोट खेल्न नेपाली क्रिकेट टोली शनिवार सिंगापुरतर्फ प्रस्थान गरेको छ ।

सोमबारदेखि सुरू हुने प्रतियोगिताका लागि नेपाली टोली मलेसियाबाट सिंगापुर गएको हो । प्रतियोगिताका लागि नेपालले मलेसियामा शुक्रवार अन्तिम अभ्यास गरेको थियो । २ साता मलेसियामा रहँदा नेपाली टोलीले मलेसियाको राष्ट्रिय टोलीसँग २ ट्वान्टी ट्वान्टी खेलको शृंखला पनि खेलेको थियो । शृंखलामा नेपालले मलेसियालाई क्लीन स्वीप गरेको थियो ।

मलेसिया र सिंगापुरको मौसम उस्तै उस्तै रहेकाले नेपालले मलेसियामा अभ्यासका लागि ठाउँ रोजेको हो । बिश्वकपको छनौटको रुपमा रहेको एसिया फाइनल आगामी सोमवार अर्थात जुलाई २२ तारिखदेखि २८ तारिखसम्म संचालन हुनेछ ।

छनोट खेलमा नेपालसहित कतार, मलेसिया, कुवेत र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल २३ तारिखमा कतारसँग प्रतिस्पर्धा गर्ने छ भने २४ तारिखमा मलेसियासँग खेल्ने छ । २७ तारिखमा कुवेत र २८ तारिखमा घरेलु टोली सिंगापुरसंग खेल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);