नेपालविरुद्ध टस जितेर फिल्डिङ गर्दै कतार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालविरुद्ध टस जितेर फिल्डिङ गर्दै कतार

काठमाडौं । नेपाल र कतार महिला क्रिकेट टोलीबीचको तीन टी-२० शृंखला आजबाट सुरु भएको छ । तीन मैत्रीपूर्ण खेलका लागि दोहा पुगेको नेपाल र कतारबीचको पहिलो खेल केहीअघि सुरु भएको हाे ।

नेपालविरुद्ध कतारले टस जितेर फिल्डिङ गरेको छ । टस हारेसँगै नेपाली टोलीले पहिले ब्याटिङ गरेको छ । २२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टी-२० विश्वकपअन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन टी-२० शृंखला खेल्न लागेको हो । आईसिसीको छनोट दुबईमा हुनेछ ।

छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको थियो । नेपाली टिम कतारबाट १९ नोभेम्बरमा दुबई प्रस्थान गर्नेछ । यसअघि नेपालले बंगलादेश पुगेर स्थानिय क्लबसँग तीन मैत्रीपूर्ण शृंखला खेलेको थियो ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपको लागि नेपालसहित ६ मुलुकले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ देश सहभागी छन् ।

नेपालले पहिलो खेल ६ मंसिरमा हङकङसँग खेल्नेछ । ७ मंसिरमा भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले ९ मंसिरमा कुवेत, १० मंसिरमा मलेसिया र १२ मंसिरमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली 
रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);