एमसीसीविरुद्ध नेपाल फिल्डिङमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमसीसीविरुद्ध नेपाल फिल्डिङमा

nepali u 19

काठमाडौं, १७ कात्तिक । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले अहिले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा एमसीसीविरुद्ध नेपाली युवा टिमले सुरुवातमा बलिङ गरिरहेको छ । कप्तान रित गौतमले टस जितेर पहिले फिल्डिङ रोजेको छन् । र, एमसीसीलाई सुरुवातमा ब्याटिङ गर्न पठाएको छ ।

एमसीसी नेपालविरुद्ध सिरिज खेल्न इग्ल्याण्डको क्रिकेट टोली शनिबार काठमाडौं आइपुगेको हो । एमसीसीले काठमाडौं र पोखरामा गरि ६ वटा म्याच खेल्ने छ ।

नेपाली राष्ट्रिय टिम विरुद्ध टी–२०, एकदिवसिय र तीन दिवसिय सिरिजका लागि आएको एमसीसीमा अधिकांश खेलाडी इंग्ल्याण्डको यू–१९ टिमबाट खेलिसकेका छन् । टिमको कप्तानी गर्ने जिम्मी एड्म्सले गरेका छन । एमसीसी टिमले नोभेम्बर १४ तारिखसम्म नेपालमा मैत्रीपूर्ण खेल खेल्नेछ ।

यसका साथै एमसीसीले नेपालमा पिच, प्रशिक्षक प्रशिक्षण, किट प्रोभिजनमा सहयोग गर्नेछ । त्यसैगरी पोखरामा नयाँ स्कुल प्रतियोगिता आयोजना गर्नेछ । यो टुरमा एमसीसीले एउटा तीन दिवसीय, दुईवटा ५० ओभरको खेल र तीन टी २० खेल खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);