एमसीसीविरुद्ध नेपालकाे पहिलो टी–२० क्रिकेट आज | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०७९, आइतबार

एमसीसीविरुद्ध नेपालकाे पहिलो टी–२० क्रिकेट आज

nepal vs mcc

काठमाडौं, २३ कात्तिक । इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब एमसीसीले शनिबार नेपालविरुद्व टी–ट्वान्टी क्रिकेट खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेपछि सुरु हुनेछ ।

एमसीसीले नेपाल मिश्रित यू–१९ टिमविरुद्व पहिलो टी–ट्वान्टी क्रिकेट खेल्न लागेको हो । पहिलो एकदिवसीय खेलमा एमसीसीसंग नेपाली यू–१९ टिम पराजित भएको थियो । तर सिनियर क्रिकेट टिमले दोस्रो एक दिवसीय खेलमा एमसीसीलाई हराएको थियो ।

नेपालविरुद्वको तीन दिवसीय क्रिकेटमा भने एमसीसीले ठुलो अन्तरको जित आत्मसाथ गरेको थियो । लिगेसी टूर अन्तर्गत काठमाडौंमा हुने अन्तिम खेलमा एमसीसीले नेपाल मिश्रित यू–१९ टिमसंग टी–२० क्रिकेट खेल्न लागेको हो ।

यो खेल लगत्तै एमसीसी टिम पोखरा जानेछ । त्यहाँ उसले पोखरा आमन्त्रण ११ र मुख्यमन्त्री ११ संग दुई टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।