टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको अन्तिम खेलमा आज यूएईविरुद्ध नेपालले खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको अन्तिम खेलमा आज यूएईविरुद्ध नेपालले खेल्दै

nepal-Vs-UAE-Cricket

काठमाडौं, २० माघ । टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत अन्तिम तथा तेस्रो खेलमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ ।

तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल र यूएइ दुबै एक अर्कालाई पराजित गर्दै सिरिज जित्ने लक्ष्यमा हुने छन् ।

नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ बजे सुरु हुनेछ । यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);