नेदरल्यान्ड्ससँगको टी–२० सिरिजमा यूएईद्वारा क्लिन स्विप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेदरल्यान्ड्ससँगको टी–२० सिरिजमा यूएईद्वारा क्लिन स्विप

t 20

एजेन्सी, २४ साउन । यूएईले नेदरल्यान्ड्ससँगको टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ ।

चार खेलको टी–२० सिरिज यूएईले घरेलु टोली नेदरल्यान्ड्समाथि चारै खेलमा जित हात पार्दै ठूलो उपलब्धि हात पारेको हो । अन्तिम तथा चौथो खेलमा यूएईले नेदरल्यान्ड्सलाई सात विकेटले पराजित गर्न सफल भयो । १५१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको यूएईले १९.४ ओभरमा तीन विकेटको क्षतिमा भेटाएको थियो । सिरिजको पहिलो खेलमा यूएईले नेदरल्यान्ड्सलाई १३ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा पाँच विकेटले र तेस्रो खेलमा १४ रनले पराजित गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);