यू–१५ महिला साफको पहिलो खेलमा नेपाल र भारत भिड्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

यू–१५ महिला साफको पहिलो खेलमा नेपाल र भारत भिड्ने

u-15 nepal

काठमाडौं, २४ साउन । भुटानमा आयोजना हुने महिला साफ यू–१५ फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरिएको छ । खेल तालिका अनुसार पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

साफले शुक्रबार सार्वजनिक गरेको ’ड्र’ मा नेपालले पहिलो प्रतिद्वन्दी भारत पाएको हो । नेपालले पहिलो खेल भारतसँग थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आगामी असोज २२ गते खेल्नेछ ।

यस्तै नेपालले असोज २४ गते बंगलादेश, असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । गत संस्करणमा नेपाल चौंथो भएको थियो ।

u-15-schedule

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);