नेपाल पुलिसद्वारा संकटा युवा क्लब २-१ गोलले पराजित

पोखरा, १९ माघ । पोखरामा जारी मनकामना केबुलकार कप अन्तरगत अन्तिम क्वाटर फाइनलमा नेपाल पुलिसले संकटा युवा क्लबलाई २-१ गोलले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफको ११ औं मिनेटमा संकटाले पुलिस विरुद्ध गोलको खाता खोलेर दबाब दिने प्रयास गरे पनि त्यो सफल हुन सकेन । रोशन पाहारीको लामो पासलाई विपक्षीको डि बक्स भित्रै रहेका विदेशी खेलाडी म्याक्सवेल एलोनले वन टचमा बललाई गोलको दिशा देखाएका थिए।

एक गोलले पछि परेको पुलिसले ३१ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै बराबरीमा ल्याएका थिए । तीन जना बिदेशी खेलाडी सहित मैदानमा उत्रिएको संकटा क्लव विदेशी खेलाडीकै गल्तिका कारण दोश्रो गोल हुन पुग्यो । आइतबार पहिलो क्वाटर फाइनल खेल थ्रि स्टार र सशस्त्र प्रहरीका बीच हुने आयोजकले जनाएको छ ।

Related Post
Share

This website uses cookies.