डिपिएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डिपिएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

उद्घाटन खेल विराटनगर किंग्स र धनगढी स्टार्सबीच हुने

काठमाडौं, १९ माघ । धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । धनगढी प्रिमियर लिगको तेस्रो संस्करण माघ २६ गते देखि फागुन ११ गतेसम्म आयोजना हुँदैछ ।

यस सिजनमा धनगढी स्टार्स, सीवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, विराटनगर किङ्ग्स र महेन्द्रनगर युनाइटेड खेल्ने भएका छन् । सहभागी ६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी चुनिसकेका छन्।

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किंग्स र धनगढी स्टार्स खेल्ने भएका छन् । उद्घाटन खेल बाहेक प्रतियोगिताको पहिलो चरणमा हरेक दिन दुई खेल हुनेछन् । जसअन्तर्गत पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजेबाट हुने आयोजक संस्थाले जानकारी दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);