एसियन कप फुटबलको उपाधि कतारलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

एसियन कप फुटबलको उपाधि कतारलाई

qatar wins aisan cup

काठमाडौं, १९ माघ । कतारले पहिलो पटक एसियन कप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति युएईमा भएको फाइनलखेलमा चार पटकको च्याम्पियन जापानलाइ ३–१ गोल अन्तरले हराउँदै कतारले पहिलो पटक एसियन कपको उपाधि जितेको हो ।

आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा कतारलाई जिताउन अलमोइज अली, अब्दुल अजिज र अक्राम अफिफले गोल गरे । खेलको १२ औं मिनेटमा अलमोइज अलीले गोल गर्र्दै एसियाली महारथी माथि कतारले सुरूवाती अग्रता लियो । खेलको २७ औं मिनेटमा अब्दुल अजिजले गोल गर्दै कतारको अग्रता दोब्बर पारे ।

गोल गर्ने केही मौका गुमाउँदा जापान पहिलो हाफमा २ – ० ले पछि पर्‍यो । दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको जापानले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो ।

खेलको ५९ औं मिनेटमा ताकुमी मिनामिनोले गोल गर्दै खेललाई २ –१ को स्थितिमा ल्याए । तर, खेलको ८३ औ मिनेटमा कतारले तेस्रो गोल गर्दै पुन अग्रता दोब्बर र्पायो । उसका लागि अक्रम अफिफले पेनाल्टीबाट गोल गर्दै जित तर्फ डोहोर्याए ।

त्यसपछि जापानले बाँकी समयमा आक्रमण बुने पनि कतारको कडा रक्षापंतीलाई तोड्न सकेन । र थप गोल फर्काउन नसक्दा चार पटकको च्याम्पियन स्तब्ध बन्न पुग्यो । जारी प्रतियोगिताको पछिल्ला सात खेलमा कतारले पहिलो पटक गोल खाएको हो ।

यता जापान पाँचौ पटक एसियन कपको उपाधि जित्नबाट बञ्चित भयो । कतार भने पहिलो पटक फाइनलमा पुग्दा उपाधि जित्न सफल भयो ।

सन् २०२२ को विश्वकप आयोजक राष्ट्रसमेत रहेको कतारले राष्ट्रिय टिमलाई बलियो बनाउन यतिबेला ठूलो लगानी गर्दै खेलमा सुधार ल्याएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);