कोपा अमेरिका कप फुटबल उपाधि ब्राजिललाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कोपा अमेरिका कप फुटबल उपाधि ब्राजिललाई

brazil vs peru brazil winner

एजेन्सी, २३ असार । दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा अमेरिका कप फुटबलको उपाधि ब्राजिलले जितेको छ ।

१२ बर्षको पर्खाईपछि ब्राजिलले यो प्रतियोगिताको उपाधि उचालेको हो । घरेलु मैदान माराकानामा फाइनलमा पेरुलाई तीन एकले हराउँदै ब्राजिलले उपाधि उचाल्न सफल भयो । ब्राजिलले सन् २००७ पछि पहिलो पटक यो प्रतियोगिताका उपाधि जितेको हो । खेलको १५ औं मिनेटमा सोउसा सोरेसको गोलमा ब्राजिलले अग्रता बनाएको थियो । त्यसपछि ५५ औं मिनेटमा पेरुले खेल बराबरी गर्न सफल भयो । ब्राजिली खेलाडीको गल्तिको फाइदा उठाउँदै गुइरेराले पेनाल्टी मार्फत गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्राजिल दोस्रो हाफमा दश खेलाडीमा झर्न पुग्यो । खेलको ७० औं मिनेटमा जिसस दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए । तर ९० औं मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पायो । भिएआरको सहायतामा पाएको पेनाल्टीलाई रिचार्लिसनले गोल गर्दैै टिमलाई १२ बर्षको उपाधिको पर्खाईलाई पुरा गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);