ब्राजिलसँग भेनेजुएला ३–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ब्राजिलसँग भेनेजुएला ३–० गोल अन्तरले पराजित

एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद सुरुवात गरेको हो । स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्कविवन्होस नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमो मार्कविवन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा रिचार्लीसनले गोल गरेपनि उनी अफसाइड रहदा गोलले मान्यता पाएन ।

खेलको ६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । खेलको ८९ औं मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए । जितसँगै समूह ’बी’ मा रहेका ब्राजिलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ । भेनेजुएलाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । भेनेजुएला समूहको पुछारमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);