फिफा विश्वकप फुटबलको छनोटमा ब्राजिलको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फिफा विश्वकप फुटबलको छनोटमा ब्राजिलको जित

एजेन्सी,२९ कार्तिक। फिफा विश्वकप फुटबलको छनोटमा ब्राजिलले जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई १–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ औं मिनेटमा फिर्मिन्होले गोल गरेका थिए । जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा उक्लिएको छ ।

ब्राजिलले ३ खेलमा ९ अंक जोडेको छ । छनोटमा ब्राजिल अपराजित रहेको छ । भेनेजुएलाको यो दोस्रो हार हो । नवौं स्थानमा रहेको भेनेजुएलाले ३ खेलमा १ अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);