नेयमार बने ब्राजिलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेयमार बने ब्राजिलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी


एजेन्सी, २८ असोज । नेयमार ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । विश्वकप छनोट अन्तर्गत बुधबार पेरुविरुद्धको खेलमा ह्याट्रिक गरेसँगै नेयमार ब्राजिलका लागि सबैभन्दाबढी गोल गर्ने दोस्रो खेलाडी बनेका हुन् ।

पेरुविरुद्ध ४–२ गोल अन्तरले जित निकाल्दा नेयमारले ह्याट्रिक गरेका थिए । उक्त ह्याट्रिकसँगै नेयमारले ब्राजिलका लागि ६४ गोल पुरा गरे । २८ वर्षीय नेयमारले पूर्व लिजेण्ड रोनाल्डोलाई २ गोलले पछि पारे । रोनाल्डोले ९८ खेलमा ब्राजिलका लागि ६२ गोल गरेका छन् ।

ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान भने पेलेको नाममा रहेको छ । फुटबलका जादुगर मानिने पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् । पेलेले ९२ खेलमा कीर्तिमानी गोल गरेका हुन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड नेयमारले व्यवसायीक जिवनमा १ सय ३ खेलमा ६४ गोल गरिसकेका छन् । दक्षिण अमेरिकी क्षेत्रको छनोटमा ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ । ब्राजिल शीर्ष स्थानमा रहेको छ ।

१० राष्ट्र रहेको यस क्षेत्रबाट शीर्ष ४ टिमले कतार विश्वकपमा स्थान बनाउने छन् । पाँचौं स्थानमा रहनेले अन्तरमहादेशीय प्ले अफ छनोट खेल्नु पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);