ब्राजिलका राष्ट्रपतिले भने - कोपाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाइ ५–० गोल अन्तरले हराउँछ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ब्राजिलका राष्ट्रपतिले भने – कोपाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाइ ५–० गोल अन्तरले हराउँछ

एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोलसानारोले कोपा अमेरिकाको फाइनलमा ब्राजिलले नै जित्ने दाबी गरेका छन् ।

ब्राजिलमा जारी कोपा अमेरिका फुटवल प्रतियोगिताको आइतबार बिहान हुन लागेको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ५–० गोल अन्तरले हराउने दाबी गरेका हुन् ।

विभिन्न दक्षिण अमेरिकी नेताहरुसँगको भर्चअल मिटिङमा ब्राजिलका राष्ट्रपति बोलसानारोले समकक्षी अर्जेन्टिनाका राष्ट्रपति अलबर्टो फर्नानेन्डेजलाई जिस्काउँदै यस्तो दाबी गरेका हुन् ।

बोलसानारोले हाँस्दै आफ्नो हातको पञ्जा देखाउँदै ब्राजिलले अर्जेन्टिनालाई ५–० गोल अन्तरले हराउने बताएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);