विश्वकप अघिको मैत्रीपूर्ण खेलमा ब्राजिलद्वारा अष्ट्रिया ३–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एजेन्सी, २८ जेठ । ब्राजिलले विश्वकपअघिको मैत्रीपूर्ण खेलमा शानदार प्रदर्शन गरेको छ ।

ब्राजिलले गएराति अष्ट्रिया विरुद्धको खेलमा ३–० को जित दर्ता गरेको छ । अष्ट्रियाको भियनामा भएको खेलमा ब्राजिलका लागि ग्राबियल जिसस, नेइमार र फिलिप काउटिन्होले एक एक गोल गरे । जिससले खेलको ३६ औं मिनेटमा गोलको खाता खोलेकामा नेइमार र काउटिन्होले दोस्रो हाफमा गोल गरेका हुन् ।

नेइमारले खेलको ६३ औं र काउटिन्होले त्यसको ६ मिनेटपछि गोल गरे । ब्राजिल र अष्ट्रियाको खेलसँगै विश्वकपअघिका मैत्रीपूर्ण खेल सकिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);