विश्वकपको तयारीस्वरुप खेलिएको मैत्रीपूर्ण फुटबलमा ब्राजिल विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्वकपको तयारीस्वरुप खेलिएको मैत्रीपूर्ण फुटबलमा ब्राजिल विजयी

brazil team

काठमाडौं, २१ जेठ । विश्वकपको तयारी स्वरुप खेलिएको मैत्रीपूर्ण फुटबलमा ब्राजिलले क्रोएसियालाई २–० ले पराजित गरेको छ ।

ब्राजिलले गएराति भएको खेलमा क्रोएसियालाई २–० ले पराजित गरेको हो । ब्राजिलको जितमा कप्तान नेइमार र फिरिमिन्होले गोल गरे । खुट्टामा चोटका कारण करिब एक महिनादेखि मैदान बाहिर रहेका विश्वकै महंगा खेलाडी नेइमारले खेलको ६९ औं मिनेटमा गोल गरेर आफु चोटमुक्त भएको सन्देश दिएका छन् । इंग्ल्याण्डको एनफिल्ड रंगशालामा भएको खेलमा फिरिमिन्होले इन्जुरी समयको अन्तिम मिनेटमा गोल थपे ।

विश्वकपमा ब्राजिल समूह ई मा छ । ‘समूह ई’मा ब्राजिलसँगै कोष्टारिका, सर्बिया र स्वीट्जरल्याण्ड छन् । ब्राजिलले विश्वकपमा पहिलो खेल १७ जुनमा स्विट्जरल्याण्डसँग खेल्ने छ । स्विट्जरल्याण्ड भने स्पेनसँगको मैत्रीपूर्ण खेलमा १–१ गोलको बराबरीमा रोकिएको छ । स्पेनले खेलको २९ औं मिनेटमा अग्रता लिएकामा स्विट्जरल्याण्डले ६२ औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);