नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई एकपछि अर्को सफलता | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई एकपछि अर्को सफलता

sandip lamichane

काठमाडौं, २१ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई एकपछि अर्को सफलता हात लागेको छ ।

इण्डियन प्रिमियर टिम (आईपीएल)मा गरेको उत्कृष्ट प्रदर्शनका कारण वेष्ट इण्डिजविरुद्ध विश्व–११बाट खेल्ने अवसर पाएका सन्दीप क्यानेडियन लिगमा छनौट भएका छन् । सन्दीपलाई मोन्ट्रेयल टाइगर्सले ग्लोबल टी–२० क्यानडा लिगका लागि छनौट गरेको हो । सन्दीपले ४० हजार अमेरिकी डलर पाउने बताइएको छ ।

आईपीएलमा उनले २० लाख भारु पाएका थिए । ग्लोबल टी–२० क्यानडा लिग यही जुन २८ देखि जुलाइ १६ सम्म हुने छ । श्रीलंकाका लसिथ मालिंगा र थिसरा परेरा, वेस्ट इण्डिजका क्रिस गेल, सुनिल नारायन र दिनेश रामदिन, पाकिस्तानका मोहम्मद हफिज र सहिद अफ्रिदी, अष्ट्रेलियाका स्टिभ स्मिथ लगायत खेलाडीले ग्लोबल टी–२० क्यानडा लिग खेल्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);