चौंथो एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पाकिस्तानका पूर्व कप्तान अफ्रिदी पनि खेल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चौंथो एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पाकिस्तानका पूर्व कप्तान अफ्रिदी पनि खेल्ने

काठमाडाैं । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौंथो एभरेष्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । ४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स–११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।

काठमाडौं किङ्स–११ ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अफ्रिदीले टोलीबाट ईपीएल खेल्ने जानकारी गराएको छ । अन्तर्राष्ट्रिय खेलाडीको रुपमा काठमाडौंले अफ्रिदीलाई अनुबन्ध गरेको हो । पाकिस्तानका लागि १९९६ देखि २०१८ सम्म खेलेका अफ्रिदीले २७ टेष्टमा १७ सय १६ रन बनाउदै ४८ विकेट हात पारेका छन् ।

त्यस्तै ३ सय ९८ एकदिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टी–ट्वान्टीमा ९९ खेलमा १४ सय १६ रन र ९८ विकेट लिएका छन् । यस अघि काठमाडौंले राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्धित गरिसकेको छ ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी र नेपाल क्रिकेट संघ क्यानले मान्यता दिईसकेको छ । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);