क्रिस गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

क्रिस गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने

काठमाडौं, १६ माघ । वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

विस्फोटक ब्याट्सम्यान गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । बिहीबार पत्रकार सम्मेलन गर्दै पोखरा राइनोजले गेललाई आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ ।

ईपीएल आगामी चैत १ गतेदेखि १५ गतेसम्म त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा हुनेछ । गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउने छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका अनुसार गेलले खेल्ने खेलको तय हुनेछ । विश्वक्रिकेटमा युनिभर्स बोस नामले परिचित विस्फोटक व्याट्सम्यान गेल तीनै फर्म्याटको क्रिकेटमा कीर्तिमानधारी खेलाडी हुन् ।

गेल अन्तर्राष्ट्रिय टेष्ट, एकदिवसीय र टी –ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् । ४० वर्षीय गेलले टी–ट्वान्टीमा १३ अर्धशतक २ शतकसहित कुल १६ सय २७ रन बनाएका छन् । गेलले टेष्टमा ७ हजार २ सय १५ रन बनाएका छन् । एकदिवसीयमा उनले १० हजार ४ सय ८० रन बनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);