ए डिभिजन लिगमा फ्रेन्ड्स र एनआरटीको जित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ए डिभिजन लिगमा फ्रेन्ड्स र एनआरटीको जित

nrt clubl

काठमाडौं, १६ माघ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले च्यासललाई हराउँदा न्युरोड टिम (एनआरटी)ले ब्रिगेड ब्वाईज विरुद्ध जित निकालेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा फ्रेन्ड्सले च्यासललाई १–० ले पराजित गरेको हो । फ्रेन्ड्सका लागि उत्तम राईले निर्णायक गोल गरेका थिए । उनले खेलको ८४औं मिनेटमा गोल गर्दै जित सम्भव बनाएका थिए ।

जितसँगै ३ अंक जोडेको फ्रेन्डसको लिग तालिकामा ११ अंक भएको छ । फ्रेन्डसले च्यासललाई पछि पार्दै अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ । पराजित च्यासल ९ अंकसहित १० औं स्थानमा छ ।

अर्को खेलमा (एनआरटी)ले ब्रिगेड ब्वाइजलाई २–० ले हराएको छ । एनआरटीका लागि पाँचौ जित निकाल्ने क्रममा राजेश परियारले पहिलो र दोस्रो हाफमा एक/एक गोल गरे । उनले ३२ औं मिनेटमा पहिलो र ५२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

जितसँगै ३ अंक जोडेको एनआरटी थ्रिस्टार क्लबलाई पछि पार्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । ५ खेलमा जित २ मा बराबरी र २ मा हार ब्यहोरेको एनआरटीको अंकसङख्या १५ पुगेको छ । पराजित बीबीसीको ८ अंक छ ।

बिहीबारको खेलसँगै लिगका ९ औं चरणका पनि खेल सकिएका छन् । विभागीय टोली त्रिभुवन आर्मी २० अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा समान १९ अंक भएका टोलीद्वय मच्छिन्द्र र मनाङ मस्र्याङ्दी क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । दशौं चरणका खेल शनिबारबाट हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);