ए डिभिजनमा फ्रेन्ड्स क्लवको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ए डिभिजनमा फ्रेन्ड्स क्लवको पहिलो जित

friends club

काठमाडौं, २७ पुस । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लव फ्रेन्डस क्लवसंग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको हो ।

बलियो टिम थ्री स्टारविरुद्ध फ्रेन्ड्सलाई जित दिलाउन ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गरे । उनले खेलको १३ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाए । विश्व अधिकारीको फ्रिकिक बलमा उनले हेड गोल गरेका थिए । वाग्नेर नेपाली लिगमा गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी समेत बनेका छन् ।

फ्रेन्ड्ससँग पराजित भएसँगै थ्री स्टारले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ ।

फ्रेन्ड्सको यो पहिलो जित हो । अघिल्ला ५ खेलमा फ्रेन्ड्सले ३ बराबरी र २ हार व्यहोरेको थियो । फ्रेन्ड्सले ६ खेलमा ५ अंक जोडेको छ । जितसंगै फ्रेन्ड्स लिगको ११ औं स्थानमा उक्लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);